|

काठमाडौँ : नेपाल सशस्त्र प्रहरीले मंगलबार राति सुनसरीबाट १ क्विन्टल गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्ज, बोर्डर आउट पोस्ट साहेबगञ्ज र हर्बेनिको संयुक्त टोलीले मंगलबार राति सुनसरी जिल्लाको बर्जु गाउँपालिका–४ स्थित हसनपुर भन्ने ठाउँमा उखुको सुकेको पातले छोपी लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको ३ बोरा गाँजा बरामद गरेको हो।

सो ठाउँमा गाँजा लुकाई छिपाई तस्करी गर्न राखिएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा ३ वटा बोराभित्र स-साना प्याकेट बनाई राखिएको गाँजा फेला परेको थियो। बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.