|

काठमाडौं : ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। आठजना घाइते भएका छन्। 

जिल्लाको पाथीभरा याङ्बरक गाउँपालिका– ४ डुम्रिसेमा बुधबार विद्यार्थी समेत सवार रहको प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो। स्थानीय किरण तामाङका छोरा ९ वर्षीय मानस तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले जानकारी दिए।

घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ। दुर्घटनापछि ट्र्याक्टर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.