|

काठमाडौँ : सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतक र सचेतकहरूको छलफल बिना निस्कर्ष सकिएको छ। बिहीवार सिंहदरबारमा बसेको बैठकमा शुक्रवारबाट शुरु हुने वर्षे अधिवेशन व्यवस्थित बनाएर लैजाने बारेमा छलफल भएको हो। 

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाको आरोप लगेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम नै राखेको छ। ​जसकारण पनि आजको बैठक पनि संसद् निर्वाचन सुचारु गर्ने सहमति बिनै टुंगिएको हो। 

बैठक पुनः शुक्रवार बस्नेछ। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार वर्तौलाले शुक्रवारको प्रतिनिधिसभाको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूचि तय भएको र शीर्ष नेताहरूको सम्बोधनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहजतापूर्वक सभा सञ्चालन गर्न दिनुपर्ने बारेमा छलफल भएको बताए। 

उनले बैठकमा व्यवस्थापनसँग सम्बन्धित कुनै पनि कार्यसूचि नराख्ने र शीर्ष नेताहरुले सम्बोधन गर्ने भएकाले कांग्रेसले सभा अवरुद्ध नगर्नेमा विश्वस्त रहेको बताए। 

उनले संसद बैठकमा शीर्ष नेताहरूले महत्व दिएर सम्बोधन गर्ने कुरा जरुरी रहेको र यसले राजनीतिक अर्थ दिनुका साथै देशभरका समस्या शीर्ष नेताबाट उजागर हुने अपेक्षा गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.