|

विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक साताभित्रै विश्वासको मत लिने भएका छन्।

बिहीबार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले हप्ता दिनभित्रै सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने बताएका हुन्।

बजेट तथा नीति र कार्यक्रमको तयारी गर्नुपर्ने भएकाले सरकारले पनि छिट्टै पूर्णता पाउने उनको भनाइ थियो।

जनताका असन्तुष्टिलाई चिर्ने गरी नीति तथा कार्यक्रम ल्याउने बताउँदै उनले प्रदेश संरचनाप्रति जनतामा रहेको निराशा हटाउन गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे

प्रदेशसभामा रहेका सबै दललाई साथमा लिले बताउँदै कार्कीले नेकपा एकीकृत समाजवादी र जसपालाई पनि सरकारमा सहभागी गराउने संकेत गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.