|

वीरगंज : बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक सशस्त्र प्रहरीले बैशाख २७ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–८ लिङ्करोडबाट नियन्त्रणमा लिएको छ।

पर्साको आदर्शनगरबाट बसपार्कतर्फ जाँदै गरेको ना ३ ख ७६५६ नम्बरको मालवाहक ट्रकलाई विशेष सूचना आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो। ट्रकमा रहेको सामानको भ्याटबाहेकको मूल्य ३० लाख ४९ हजार ८८ रुपैयाँ कायम रहेको छ।

नियन्त्रणमा लिइएको सामानसहितको ट्रक थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.