|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध पारेको छ। सरकारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति नबनाएको भन्दै कांग्रेसले शुक्रबारको राष्ट्रियसभा बैठक अवरुद्ध गरेको हो।

यसअघि सभामा राजनीतिक दलका प्रतिनिधिहरूले बोलेका थिए। नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म संघीय संसदका दुवै बैठक अघि बढ्न नदिने बताएका थिए।

उनले संसदीय छानबिन समिति बनाउनु हुँदैन भन्ने अडानमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै बाधक बनिरहेको जिकिर गरे। उनले महान्यायाधिवक्ताले इतिहासमै नभएको सरकारका मन्त्रीलाई क्लिन चिट दिने काम गरेको भन्दै आपत्ति जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.