|

मकवानपुर : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही वैशाख ३१ गते अपराह्न १ बजे बस्ने गरी आह्वान गरेका छन्। 

बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार उनले नेपालको संविधानको धारा, १८३ को उपधारा १ बमोजिम आज प्रदेशसभाको बैठक आह्वान गरेका हुन्।

प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते राति १२ बजेदेखि अन्त्य भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.