|

सुर्खेत : कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा दुईदिने युवा वैज्ञानिक सम्मेलन समापन भएको छ।

दुई दर्जनभन्दा बढी कलेजका युवा सहभागी उक्त सम्मेलनमा दुई दिनसम्म छलफल भएको थियो। छलफलमा सहभागीलाई नतिजाको आधारमा प्रमाणपत्रसहित पुरस्कारसमेत दिएको छ। 

सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले अबको विश्व युवाहरुको काँधमा रहेको बताए। उनले भने, “आज संसारका धनी मुलुकहरु सूचना, प्रविधिको भारी विकासले मात्र एक नम्बरमा पुगेका छन्। युवाहरुले नै संसार चलाउने र नयाँ नयाँ आविष्कार गरेर आफूहरुलाई उत्कृष्ट बनाई देशलाई सहयोग पुर्‍याउने।’ 

संसार अहिले मोबाइलको स्क्रिनबाट थाहा पाउने अवस्थामा रहेको छ भन्दै उनले नयाँ आविष्कारले मात्र अबको विश्वले खास विकास हुने उनले बताए। 

युवा वैज्ञानिक कार्यक्रममार्फत दुई दिनसम्म चलेको वृहत छलफलबाट सहभागीले राम्रो ज्ञान हासिल गरेको अपेक्षा लिएको बताएका मन्त्री शाहीले यो कार्यक्रम निरन्तरता दिनेसमेत विश्वास दिलाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.