|

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विभिन्न बैंकमा आफ्नो खातामा एक करोड ५२ लाख रकम रहेको खुलाएकी छिन्।

मंगलबार सार्वजनिक भएकाे उनको सम्पत्ति विवरणमा उनले उक्त रकम खुलाएकी हुन्।  

सम्पत्ति विवरणमा एनआइसी एसिया बैंकमा एक करोड १५ लाख र एभरेष्ट बैंकमा ३७ लाख रहेको खुलाएकी छन्। यसैगरी उनका श्रीमान्‌को खातामा तीन लाख ७० हजार डलर रहेको खुलाएकी छिन्।

उनले ११ तोला सुन, १०० तोला चाँदी, १ सेट हीरा, एक सेट हीराको टप रहेको, २० लाख पर्ने गाडी, एक लाख ८५ हजार मूल्य पर्ने स्कुटर रहेकाे सम्पत्ति विवरणमा उल्लेख छ। उनले काभ्रेमा ९ लाख ९५ हजार मूल्य पर्ने जग्गा खरिद गरेको उनले खुलाएकी छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.