|

काठमाडौँ : महिलाको आत्मविश्वास, आत्मसम्मान र क्षमता बढ्न नदिने कथाको चक्र तोड्न आफू राजनीतिमा आएको काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले बताएकी छिन्।

बेलायतको म्यानचेष्टरमा आयोजित ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ मा बोल्दै उनले महिलाहरूलाई प्रतिकूल अवस्थाबाट माथि उकास्न निरन्तर प्रयास गरिरहेको बताएकी हुन्।

उनले सामाजिक मान्यताका आयाममा चर्चा गर्दै नेपाली राजनीतिमा महिलाहरूको सहभागिता बढ्दै गएको बताइन्। ‘यसबाट महिलाको अवस्थालाई सामाजिक तथा प्राकृतिक न्याय अनुकूल निर्माण गर्नमा योगदान पुग्नेछ’, उनले भनिन्। 

सूचना प्रविधिले रूपान्तरित हुँदै गरेको विश्व परिवेशमा लैङ्गिक समानता र समावेशीकरणका लागि रणनीतिक राष्ट्रिय अन्ताराष्ट्रिय सञ्जाल निर्माण हुने उनको भनाइ छ।यसबाट आफ्नो परिवेशलाई विश्वका अन्य परिवेशसँग तुलना गर्न र सुधारका काम गर्न सहज हुने उनले बताइन्। 

शनिवार उपप्रमुख डंगोलले अभियानका संस्थापक जुड केली सीबीइसँग छलफल गरेकी थिइन्। ब्रिटिश काउन्सिलको निमन्त्रणामा उनी फेस्टिभलमा सहभागी हुन गएकी हुन्। म्यानचेष्टर शहरको अभोभा स्टुडियोमा जेठ ११ गतेबाट शुरु भएको फेस्टिभल आज सकिँदै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.