|
प्रतीकात्मक फाइल फोटो

भारतमा ट्रक  दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। उत्तर प्रदेशको शाहजहांपुरको ढाबामा पार्किङ गरी राखिएको निजी बसमा ट्रक पल्टिएर किचिँदा ११ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

दुर्घटनामा अन्य १० जना घाइते भएका छन्। सीतापुरबाट पूर्णागिरि जाँदै गरेको बस ढावानजिकै रोकिएको थियो। कोही मानिस बसमै थिए भने केही मानिस ढावामा खाना खाइरहेका थिए।

सोही बेला गिट्टीले भरिएको ट्रक ढाबामा रोकिएको बसमा पल्टिन पुगेको थियो। दुर्घटनामा मृत्यु हुने सबै सीतापुरको बडा जेठा गाउँका बासिन्दा रहेको प्रहरीले जनाएको छ। घाइते १० जनाको नजिकैको अस्पतालमा उपचार भईरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.