|

बुटवल : प्रदेश ५ का मुख्यमन्त्रीको तलब मासिक ६० हजार ९७० रुपैयाँ प्रस्ताव गरिएको छ। साथै मन्त्रीहरूको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार रुपैयाँ मासिक तलबको रूपमा तय हुने गरी कानुन बनाउन मन्त्रिपरिषद् बैठकले विधेयक स्वीकृत गरेको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृत गरेको पर्यटनमन्त्री लीला गिरीले जानकारी दिए। 

प्रदेशसभाका सभामुखको मासिक तलब ५३ हजार, उपसभामुखको ५० हजार, सचेतकहरूको ४८ हजार र सांसद्हरूको ४५ हजार रुपैयाँ तोकिएको छ। यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेशसभा सचिवालयसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेस गर्न स्वीकृत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.