|

इरानको राष्ट्रिय सुरक्षा परिषद्ले इरानमा हालै भएको ‘दंगा’मा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको शनिबार जानकारी गाएको छ।

'सरकारी अनुसन्धानले उक्त दंगाका कारण २०० भन्दा बढी व्यक्तिको ज्यान गएको देखाएको छ', परिषद्ले आधिकारिक समाचार संस्था आइआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ। हताहत हुनेमा सुरक्षा अधिकारी, सर्वसाधारण, प्रदर्शनकारी र विद्रोही समूहका सत्ताविरोधी सशस्त्र व्यक्ति रहेका छन्।

 परिषद्ले २२ वर्षीया महसा अमिनीको मृत्युपछि भड्किएको ‘दंगा’, नागरिक विरोध नभई ‘विनाश र हिंसा’ भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक व्यवस्थामा खलल पुर्‍याउने र कुनै पनि तह र स्थानमा हुने गैरकानुनी जमघटलाई निर्णायक र सहनशीलताबिना सम्बोधन गरिनेछ।'

गत सेप्टेम्बरमा तेहरानको एक प्रहरी चौकीमा विरामी भएको केही दिनपछि अमिनीको तेहरानको एक अस्पतालमा मृत्यु भएको थियो। सुरुमा उनको गृह प्रान्त कुर्दिस्तानमा सुरु भएको विरोध प्रदर्शन पछि राजधानी तेहरानलगायत अन्य इरानी शहरहरूमा फैलिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.