|

युक्रेन विरुद्धको आक्रमणमा रुसलाई सहयोग गरिरहेको भन्दै अमेरिकाले चीनमाथि कारबाही गर्ने चेतावनी दिएको छ। 

अमरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले चीनले रुसलाई युक्रेनमाथिको आक्रमणका लागि हतियारसहतिका सामान दिन बन्द नगरे वासिङ्टन कडा कदम उठाउन बाध्य हुने चेतवानी दिए। 

ब्लिंकनले चीनका विदेशमन्त्रीसँगको कुराकानीमा शीतयुद्धपछि युरोपको सुरक्षामा सबैभन्दा ठूलो खतरा बढिरहेको र चीनले यसलाई बढावा दिइरहेको बताएको बीबीसीले जनाएको छ। तर ब्लिकंनले चीनविरुद्ध अमेरिकाले कस्तो कदम उठाउँछ भन्नेबारे भने बताएनन्। तर अमेरिका चुप लागेर नबस्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ। 

ब्लिंकनले २४ देखि २६ अप्रिल तीन दिनसम्म चीनको भ्रमणमा गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.