|

काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन्।

काठमाडौं, काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित होटल याला पिकबाट अवैध लागूऔषध कोकिन १ केजी ८० ग्रामसहित भारतीय नागरिक ५१ वर्षीय रविन्द्र कुमार पाराशरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा महिलाले बोक्ने झोलाभित्र फल्सबटम बनाई लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा उक्त झोला केनियाका नागरिक ६३ वर्षीया पिलिसिया वन्जा महिलासँग लिएको भन्ने खुल्न आएपछि काठमाडौं ठमेलस्थित होटल ट्राभलर्स होमबाट उनलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरू माथी लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।  

कञ्चनपुर, बेलौरी नगरपालिका-६ विद्यानगर शारदा मावि नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम १० मिलिग्रामसहित सोही नगरपालिका-९ रतनपुर बस्ने २० वर्षीय जिवन भण्डारी समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

कैलाली, लम्कीचुहा नगरपालिका-४ कौवापुर खल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय शमिर अधिकारी र २४ वर्षीय प्रकाश ओली रहेका छन्। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-९ सोहनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ४८० मिलिग्रामसहित सोही नगरपालिका-१ लम्की बस्ने २३ वर्षीय राजु चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

झापा, मेचिनगर नगरपालिका-१३ चारआलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही नगरपालिका अठारकट्ठे बस्ने २६ वर्षीय आकाश गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी झापा, मेचिनगर नगरपालिका-१० मियाँबस्ती बस्ने ३१ वर्षीय मेसरु मियाँलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.