|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ। सभामुख देवराज घिमिरेले सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय गरेका हुन्।

सभामुख घिमिरेले मंगलबारको प्रतिनिधिसभा बैठकमार्फत श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी गराएका हुन्।

उनी समानुपातिकतर्फबाट सांसद बनेका थिए।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न पार्टीलाई दिनुपर्ने भन्दै २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई कारबाही गरी सांसद पदबाट हटाउने निर्णय गरेको थियो। 

उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने रास्वापले निर्णय गरिसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.