|

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।​

पार्टी अध्यक्षसमेत रहेकी पत्नी रञ्जिता श्रेष्ठसँगको तस्विर सामाजिक संजालबाट सेयर गर्दै पार्टीका संरक्षक चौधरीले अब लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने घोषणा गरेका हुन्।

रेशमले महासचिव ठाकुरसिंह थारूलाई साक्षी राखेर पार्टी र सरकार दुवै रञ्जितालाई नै चलाउन दिने आग्रह गरेको कुरा पनि सञ्जालमा लेखेका छन्। तस्विरमा रेशमलाई रन्जिताले जुस खुवाइरहेकी छिन्। 

‘हामी छिट्टै लुम्बिनी र सुदूपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौं।’ रेशमले लेखेका छन्।

लुम्बिनीमा नाउपाका चार र सुदूरपश्चिममा सातजना प्रदेश सांसद छन्। 

एक साताअघि मात्र रेशमले रन्जितासँग लामो समयदेखि संवाद नभएको भन्दै उनी अरुबाटै परिचालित भइरहेको बताएका थिए। 

 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.