|

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अशोक राई र राजेन्द्र श्रेष्ठले गरेको विद्रोहलाई उत्पीडित समुदायको पहिचान र अधिकारको आन्दोलनमाथिकै धोका भएको बताएका छन्। 

बस्नेतले सोमवार पार्टी विभाजनबारे टिप्पणी गर्दै उनीहरूको कदमले देश, जनता, आन्दोलन र अभियान कसलाई सहयोग पुग्यो? भनेर प्रश्न समेत गरेका छन्।

बस्नेतले अशोक राई र राजेन्द्र श्रेष्ठले उपेन्द्र यादवको कार्यशैलीको कारण पार्टी फुट्यो भनेर लोकरिझ्याइँ गरेको भरमा तमाम पार्टीका कार्यकर्ता र अभियन्ताहरु भ्रमित हुने अवस्था नरहेको भन्दै असन्तुष्टी र स्वार्थको पोको बोकेर कहीँ नपुगिने बताए।

उनले नेपाली राजनीतिमा वैचारिक, सैद्धान्तिक विमतिबिना पार्टी फुटको अवस्थासम्म पुग्नु कुनै नयाँ घटनाक्रम नरहेको टिप्पणी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.