|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी छ। सरकारलाई दिएको समर्थनका विषयमा निर्णय गर्न रास्वपाको बैठक पार्टी कार्यालय बसुन्धरामा बसिरहेको हो। 

बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने अथवा सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए। 

साथै रास्वपा सभापति रवि लामिछानेले आइतबार प्रधानमन्त्री प्रचण्डसँग भएको भेटबारे ब्रिफिङ गर्नेछन्। सभापति लामिछानेले सरकारमा तत्काल जाने सम्भावना नरहेको बताउँदै आइरहेका छन्। यद्यपी यसबारे आजै निर्णय हुने नेताहरुले बताएका छन्। 

केन्द्रीय समितिको बैठकपछि आजै दिउँसो ३ बजे रास्वपाको संसदीय दलको बैठक पनि बस्ने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.