|

काठमाडौँ : इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अहिलेसम्म १९ हजार बढी मत ल्याएका छन्। कुल ४५  हजार ९ सय ५३ सदर मत गणना हुँदा सुहाङले १९ हजार ११४ मत प्राप्त गरेका छन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६७५ मत ल्याएका छन्। उनीहरूबीचको मतान्तर ६ हजार ४३९ रहेको छ। सुहाङले मतान्तर निरन्तर बढाइरहेका छन्।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४१० मत प्राप्त गरेका छन्। चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३ हजार २४२ मत ल्याएका छन्।

१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ मा ६९ हजार २ सय ८७ मत खसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.