|
फाइल तस्वीर

भारत प्रशासित काश्मिरमा शुक्रबार दुई सैनिकको मृत्यु भएको छ भने सेनाले विवादित क्षेत्रमा आतंककारीले विछ्याएको विष्फोटक पदार्थका कारण मृत्यु भएको आरोप लगाएको छ।

भारतीय सेनाले गत महिनादेखि पाकिस्तानी सीमा नजिकैको रजौरी जिल्लामा विद्रोहीको खोजी अभियान चलाइरहेको छ।

 सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चट्टानी र भिरालो क्षेत्रमा एउटा खोजी टोलीले गुफामा बसेका आतंककारीहरूको एक समूहलाई भेटेको छ।'

त्यसपछि संदिग्ध विद्रोहीले विष्फोटक पदार्थ विष्फोट गराउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य चार सैनिक घाइते भएका थिए।

सन् २०१९ मा नयाँ दिल्लीले कश्मीरको आंशिक स्वायत्तता खारेज गरेपछि कश्मीरमा केन्द्रविरोधी आक्रोश बढेको छ।

सन् १९८९ देखि विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानमा विलयको माग गर्दै भारत नियन्त्रित क्षेत्रमा तैनाथ करिब पाँच लाख भारतीय सैनिकसँग लडेका छन्।

यस क्रममा अहिलेसम्म दशौं हजार सर्वसाधारण, सैनिक र विद्रोही मारिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.