|

रुसले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई वाञ्छित (वाण्टेड) अपराधीको सूचीमा समावेश गरेको छ। 

अधिकारीहरूले खोजेको कथित अपराधीहरूको एक ‘अनलाइन डेटाबेस’मा जेलेन्स्कीलाई रुसी गृह मन्त्रालयको ‘वाण्टेड’ सूचीमा देखाइएको छ । यसमा थप विवरण नखुलाई युक्रेनी नेता ‘आपराधिक संहिताको धाराअन्तर्गत’ वाञ्छित भनिएको छ। 

जेलेन्स्कीलाई सूचीमा किन समावेश गरियो भन्नेबारेमा रुसका अधिकारीहरूबाट तत्काल कुनै टिप्पणी आएको छैन।रुसले धेरै विदेशी राजनेता र सार्वजनिक हस्तीहरूलाई आफ्नो वाञ्छित सूचीमा राखेको छ। 

सन् २०२२ फेब्रुअरीदेखि मस्कोले जेलेन्स्कीलाई सैन्य आक्रमणको निशाना बनाउँदै आएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गत वर्ष आफूविरुद्ध हत्याको कम्तीमा ‘पाँच वा छ’ प्रयास असफल भएको थाहा भएको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.