|

काठमाडौं ः राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताएका छन्।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार न्युनीकरण गर्न सरकारका प्रतिवद्धताहरू पनि माग गरेका छन्। उनले कर्मचारीले साइनिङ मनीको रूपमा ३ प्रतिशतसम्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरू रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ भन्दै प्रश्न गरे।

‘ठाडै ढंगले सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौँ, कर्मचारीले साइनिङ मनी लिने। शुरूमा साइन गर्दा, यही सदनमा मैले उठाएको थिएँ। साइनिङ मनी लिने, २,३ प्रतिशत कति हुन्छ, त्यो गोजीमा हाल्ने, ठेकेदारले मोबिलाइजेशनको रकम लिने, त्यो रकम अर्को काममा लगाउने। यो भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन। यस्तै क्रमले यो क्रम अघि बढीरहेको छ। तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन्,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.