|

घोराही : दाङमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा  १ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा  मोटरसाइकल  चालक  रोल्पा रुन्टीगढी गाउँपालिका ३ बस्ने २१ वर्षका चन्द्र बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

 प्रहरीका अनुसार विहीबार साँझ करिब ६ बजेतिर घोराही उपमहानगरपालिका १४ स्थित आर्मी  ब्यारेक नजिक  रा.१ ख १२०१ नम्बरको बस र रा. ३ प ४२ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका थिए।

मोटरसाइकल चालक नेपालीलाई उपचारको लागि राप्ती  स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाइएको थियो। उनको उपचारको क्रममा साँझ करिब पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले  बस र बस चालक प्रहरीको नियन्त्रणमा लिएको पनि जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.