|

काठमाडौँ : पत्रकार नारायण ढुङ्गानाले पूर्वाञ्चल विश्वविद्यालयबाट स्वर्ण पदक पाएका छन्। पूर्वाञ्चल  विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहमा उनलाई स्वर्ण पदक प्रदान गरिएको हो।

विश्वविद्यालयका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहमा विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याएका ढुङ्गानालाई पदक प्रदान गरेका हुन्।

कान्तिपुर सिटी कलेजको ‘ब्याच २०२०’का छात्र ढुङ्गानाले जिपिए ३ दशमलव ७५ अङ्क ल्याएका छन्। चितवन घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका उनी २० वर्षदेखि पत्रकारितामा संलग्न छन्। ढुङ्गानालाई आज विश्वविद्यालय परिसर सुन्दर हरैँचामा स्वर्ण पदक प्रदान गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.