|

कपिलवस्तु : उखु किसान र सरकारबीच सहमति भएको छ।

१७ दिनदेखि काठमाडौंमा आन्दोलनमा रहेका किसानहरूको माग सम्बोधन गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता गरिएको संघर्ष समितिका अध्यक्ष अनुपकुमार चौधरीले बताए। 

मन्त्रिपरिषद्को निर्णयअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा को संयोजकत्वमा गठन भएको वार्ता टोलीले साउन मसान्तसम्ममा उनीहरुको माग सम्बोधन गर्ने निर्णय गरेको छ।

आर्थिक वर्ष ०७१/७२ सालमा सरकारले उखु किसानलाई प्रतिक्विन्टल २५ रुपैयाँ अनुदान दिएको थियो। उक्त अनुदान बापतको अढाइ करोड रकम सरकारसँग माग गर्दै किसानहरू काठमाडौं गएका थिए।  

वार्ता टोलीसँग भएको छलफलपछि साउन मसान्तसम्म रकम भुक्तानी गर्ने निर्णय भएको अध्यक्ष चौधरीले बताए। 

‘हामी १७ दिनदेखि माइतीघर मण्डलमा धर्नामा बसेका थियौं, आज निर्णय भएसँगै घर फर्किने तयारी गरेका छौं‚’ चौधरीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.