|

काठमाडौं : राष्ट्रिय समावेशी आयोगले किसानसँग सम्बन्धित अनुदान र राहतजस्ता विषयमा सरकारसमक्ष नीतिगत सिफारिश गरेको छ।

आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार किसानको वर्गीकरण गर्न, अनुदान, कर छुट, सहुलियतपूर्ण कर्जा, कृषि औजारको उपलब्धता, रासायनिक मलमा जस्तै प्रांगारिक मलमा पनि उत्पादकलाई अनुदान दिन सिफारिश गरिएको हो। 

आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले रैथाने बीउ, बिरुवाको संरक्षण र प्रवर्द्धन, वैदेशिक कृषि प्रवर्द्धन, नश्ल जातको अध्ययनलगायतमा सुझाव दिइएको बताइन्।

आयोगले कृषि तथा पशुपक्षी मन्त्रालयलाई दिएको सिफारिशमा कृषि ऐन ल्याउन, कृषिसम्बन्धी नीति निर्माणमा किसानको सहभागिता गराउन पनि भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.