|

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  स्वदेश फिर्ता भएका छन्। चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका हुन्। उनी इन्दिरा गान्धी विमानस्थलबाट काठमाडौंका लागि उडेका हुन्। 

प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी छन्। उनी साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

बिदाइ समारोहमा भारतकी विदेश राज्यमन्त्री लेखीसहित नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव,भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा लगायत उपस्थित थिए। 

तस्वीर : प्रधानमन्त्रीको सचिवालय 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.