|

काठमाडौं : चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको दिन गत आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक त्यसपछिका ३ दिन भने लगातार ओरालो लागेको छ।

सोमबार र मंगलबार दोहोरो अङ्कको गिरावट देखिएको नेप्से परिसूचक आज (बुधबार) ८ दशमलव ११ अङ्कले घटेर २ हजार १५६ दशमलव २० अङ्कमा कायम भएको हो। आज २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता शेयर ४२ हजार ७१४ पटक खरिद–बिक्री हुँदा २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँ बराबरको कारोबार भएको छ।

वित्त समूह १ दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव ०५ र अन्य समूह ११ दशमलव ३१ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूह ८६ दशमलव ७२ र होटल तथा पर्यटन समूह ८५ दशमलव ४२ अङ्कले घटेको छ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ६०, विकास बैंक १६ दशमलव ६७, जलविद्युत् २२ दशमलव १० र लगानी शून्य दशमलव ४७ अङ्कले घटेको छ। जीवन बीमा २७ दशमलव ९९, उत्पादन तथा प्रशोधन ४९ दशमलव ३५, लघुवित्त ३० दशमलव ९९ र व्यापार समूह २४ दशमलव ५० अङ्कले घटेको छ।

आजको कारोबारपछि सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ९६ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ४९ प्रतिशतले घटेको छ।

कारोबार भएका शेयर सङ्ख्या र कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमोटर शेयर १५ करोड १२ लाख ५३ हजार ९ सय रुपैयाँ बराबरको १५ लाख १२ हजार ५३९ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.