मन्त्रीलाई थाहै छैन

|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा गैरसरकारी संस्था (एनजीओ)ले कब्जा जमाएको पाइएको छ। मन्त्रालयको सबैभन्दा माथिल्लो तलामा रहेका २ कोठामा उनीहरूले कब्जा जमाएका हुन्।

स्रोतका अनुसार नेपाल व्यावसायिक योग्यता प्रणालीको प्रादेशिक परियोजना सहयोग एकाइ र टीभीईटी फर युथ क्वालिटी प्रोजेक्ट नामक एनजीओले मन्त्रालयमा कब्जा जमाएका हुन्। मन्त्रालयका कर्मचारी र मन्त्रीकै संरक्षणमा करिब ६ महिना अघिदेखि उनीहरूले मन्त्रालयबाटै कामकाज गरिरहेको बताइएको छ।

उनीहरूले मन्त्रालयका कर्मचारी बस्न बनाइएका २० नम्बर र २१ नम्बर कोठाको कार्यकक्षसमेत प्रयोग गर्दै आएका छन्।

मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने मन्त्रालयकै कार्यक्रमलाई सहयोग गर्न एनजीओ राखिएको बताए।

उनले भने, ‘हाम्रै कार्यक्रमलाई सपोर्ट गर्नलाई राखिएको हो। मन्त्रालयलाई नै सपोर्ट गर्ने प्रोग्राम हुन्, आफ्नो काम गर्ने होइनन्। मन्त्रालयसँग साझेदारी गरिरहेको अवस्था हो। ती एनजीओमध्ये एउटाले शिक्षामा र एउटाले सामाजिक विकास तालिम केन्द्रलाई सपोर्ट गर्ने गरेका छन्।’

यस्तै सामाजिक विकासमन्त्री झपट साउदले भने एनजीओबारे कुनै जानकारी नभएको भन्दै अनभिज्ञता प्रकट गरे। उनले आफूले यसबारे बुझेर बोल्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.