|

काठमाडौं : सडककै कारण सधैँ जनताले सास्ती त पाएकै छन्। तर सडककै कारण कहिलेसम्म जनताले मर्नुपर्ने हो ?

भन्ने प्रश्न अहिले आम सर्वसाधारण जनताको छ। केन्द्रिय राजधानी काठमाडौंको हालत त यस्तो छ भने बाँकी ठाउँको अवस्था के होला ? यो मननयोग्य र विचारणीय छ। काठमाडौं उपत्यकाकै सडक थितिमा छैनन् भने अन्य ठाउँको सडकको स्थिति कस्तो होला ? यो कल्पना गरे मात्रै पनि पुग्छ।

काठमाडौंका यी सडकहरू मृत्युमार्ग हुन् भन्दा फरक नपर्ला। यो सडक बिग्रिएको मात्र होइन, यो त सोच र योजना बिग्रिएको जस्तो देखिन्छ। पूर्ण जोखिम मोलेर आम सर्वसाधारणहरू दिनहुँ यात्रा गरिरहेका हुन्छन्। तर सरकार भने यस्ता कुरामा बेखबर छ।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सडकको दुर्दशासम्बन्धी यी तस्वीरहरू।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.