|

विराटनगर : विराटनगरको सिंघिया‚ केशलिया खोलाका घाटसहित नहर, तलाउ र अन्य खोलाका किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ।

आज छठ पूजाको तेस्रो दिन सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर छठ पर्व मनाइएको हो।

सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र सम्पूर्ण दुःखकष्ट हटेर जाने जनविश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.