|

काठमाडौँ : इन्टरनेशनल एशोसिएशन अफ वुमेन इन रेडियो एण्ड टेलिभिजनको आयोजनामा मंसिर ९ गते तेस्रो आइएडब्ल्युआरटी नेपाल इन्टरनेशनल वुमेन्स फिल्म्स फेस्टिभल हुने भएको छ।

आइतवार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। नेपाल चलचित्र विकास बोर्डको हलमा हुने फेस्टिभलमा अन्तरराष्ट्रिय महिला चलचित्र निर्देशकहरूको उपस्थिति रहनेछ। महोत्सवमा नेपाल लगायत विभिन्न देशका महिला निर्देशकहरूको सहभागिता रहनुका साथै महिला निर्देशकहरूले निर्देशन गरेका सिनेमा प्रदर्शन गरिने आयोजकले जनाएको छ।

महोत्सवमा आइएडब्ल्युआरटी नेपाली सर्ट मुभी कम्पिटिशनका विजेतालाई अवार्ड प्रदान गरिनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.