|

काठमाडौँ : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ७५ अङ्कले बढेको छ। आज (आइतवार) १ दशमलव ३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक २ हजार २२ दशमलव ३५ अंकको विन्दुमा कायम भएको हो।

आज २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता शेयर १ लाख १ हजार १२८ पटक खरिदबिक्री हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

बैंकिङ समूहको उपसूचक शून्य दशमलव ६७, म्युचुअल फन्ड शून्य दशमलव ४२ र व्यापार समूह शून्य दशमलव २३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। 

सबैभन्दा धेरै जलविद्युत् समूह ५ दशमलव ५५ र लगानी समूह ३ दशमलव १२ प्रतिशतले बढेको छ।

११ वटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। ह्याथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड, थ्री स्टार हाइड्रोपावर लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र सगरमाथा जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। 

विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड र रिदी पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो। 

आजको कारोबारमा सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ७७ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको २५ करोड १२ लाख ९० हजार ७४६ रुपैयाँ बराबरको १७ लाख ८० हजार ६३५ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.