|

काठमाडौं प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सोमबार दुई खेल हुँदैछ। 

बिहान सवा ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दा मूलपानी मैदानमा गण्डकी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। 

जारी प्रतियोगितामा सुदूरपश्चिम ६ मध्ये ४ खेलमा जित निकालेर ८ अंकसहित तालिकाको पाँचौ स्थानमा छ। आर्मी ७ खेलबाट ५ मा जित निकालेर १० अंकसहित चौथो स्थानमा छ । 

यस्तै गण्डकी प्रदेश आफ्ना सात खेलमध्ये दुईमा जित निकाल्दै ४ अंकसहित आठौँ स्थानमा रहँदा नेपाल पुलिल क्लब ६ खेलमा शतप्रतिशत जितसहित १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। 

आइतबार भएका खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेश र आर्मीले कर्णाली प्रदेशलाई हराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.