काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने तयारी गरेको छ।
कार्यालयले आज एक सूचना जारी गर्दै ठेक्का लिएर समयमै काम नगर्ने ती निर्माण कम्पनीलाई ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिएपनि स्पष्टिकरण नबुझाएपछि कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो।
निर्माण कम्पनीहरुमा लमजुङको चम्पादेवी रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र, ललितपुरको न्यू प्रिन्सपल फेसन ओयर, कञ्चनपुरको प्रगती कन्स्ट्रक्सन, बाजुराको ए वान खप्तड कन्सट्रक्सन एण्ड अर्डर सप्लायर्सलगायत छन्।
यी निर्माण कम्पनीहरूलाई कालोसूचीमा राख्न नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।