|

काठमाडौं : सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापालाई प्रहरीले बिहीबार गोंगबुबाट ​पक्राउ गरेको हो। 

थापाले ती महिलासँग सम्बन्ध रहेका वेला खिचिएका अन्तरंग तस्विर र भिडियो सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट उनका परिवारलाई पठाएको प्रहरीले जनाएको छ। 

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि पक्राउ गरेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.