काठमाडौं : ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ अशोक बराम र महिलातर्फ फ्लुअर माउन्टजोय विजयी भएका छन्।
रानीकोटमा सुरु भएर डोलुमा सम्पन्न भएको ३७ किमी दौडअन्तर्गत पुरुषमा अशोकले निर्धारित दूरी ४ घन्टा २३ मिनेट १९ सकेन्डमा पूरा गरे।
राजा महतारा ४ घन्टा २४ मिनेट २० सकेन्ड समय लगाएर उपविजेता र मनकुमार रोका मगर ४ घन्टा ३४ मिनेट ०३ सकेन्डमा दौड पूरा गरेर तेस्रो स्थानमा रहे।
यसैगरी, महिलातर्फ च्याम्पियन बनेकी माउन्टजोयले ५ घन्टा ३१ मिनेट ०४ सकेन्डमा दौड पूरा गरिन्।
उपविजेता स्टाइन हेजेलवर्गले दूरी पूरा गर्न ५ घन्टा ५८ मिनेट र १४ सकेन्ड लगाइन्। तेस्रो भएकी सोन्या मार्टिनले ५ घन्टा ५८ मिनेट ३६ सकेन्ड लगाइन् ।
सो स्टेज रेस च्यालेन्सको चौथो चरणमा १५ विदेशीसहित कूल ७० जनाको सहभागितो थियो। नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेताहरुलाई पुरस्कार प्रदान गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।