|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुईजना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ।

केन्द्रमा कांग्रेस-माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन्।

शाहले उद्योग पयर्टन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी, सामाजिक विकासमन्त्री झपट साउद र राज्यमन्त्री गीतादेवी माललाई आज (मंगलबार) बर्खास्त गरेका हुन्।

शाहले नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने कायम राखेका छन्।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एकजना सांसद छन् भने एउटा सिट रिक्त छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.