|

धनगढी : सुदूरपश्चिममा नेपाली काँग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकार ढल्ने भएको छ। केन्द्रमा सत्ता समीकरण फेरिएर प्रदेशमा पनि राजनीति परिवर्तन भएसँगै कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिमको सरकार ढल्ने भएको हो।

केन्द्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको सरकार बनेपछि त्यसको असर प्रदेशमा पनि परेको हो। जसअनुसार सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले हिजो आफ्ना मन्त्रीहरू बर्खास्त भएकोमा आज सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। यस्तै अब समाजवादीले पनि समर्थन फिर्ता लिँदै छ।

समाजवादीले पनि समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमको शाह सरकार ढल्नेछ। यहाँ कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। यहाँका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन समाजवादी र माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा सरकार ढल्छ।

माओवादीले समर्थन झिकिसकेको छ भने समाजवादीले झिक्ने तयारी गरेको छ। त्यसपछि शाहलाई कांग्रेसबाहेक नागरिक उन्मुक्ति पार्टी (नाउपा)को मात्र समर्थन रहनेछ। जो सुदूरपश्चिममा सरकार बन्नलाई अपुग हो।​

सुदूरपश्चिममा समाजवादीले समर्थन झिक्दा शाह सरकारलाई समर्थन दिएका प्रदेशसभा सदस्यको संख्या २५ मात्रै रहनेछ।

यस्तै नाउपाले पनि मुख्यमन्त्री दाबी गर्दै समर्थन फिर्ता लिनसक्ने सङ्केत गरेको छ भने अन्य स्वतन्त्र र राप्रपाका एक/एक प्रदेशसभा सदस्यले पनि समर्थन नदिनसक्ने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.