काठमाडौं : पिपल छायाँमा, नरोउ बिन्ती छ, बटौलीमा निरमाया जस्ता लोकप्रिय लोक गीतका सर्जक बाबुराम पन्थीले यति बेला नयाँ गीत सार्वजनिक गरेका छन्।
पन्थी र गायिका सुनिता बुढाको स्वरमा रहेको 'उकालो चढ्दै छ पिरती' बोलको गीत सार्वजनिक भएको हो।
ओदान फिल्म्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा प्रह्लाद सुवेदीको शब्द रहेको गीतमा वसन्त थापाले संगीत भरेका हुन्। संगीत संयोजन भने आशीष अविरलको रहेको छ।
गीतमा अर्जुन बोहरा र अन्जु निरौलाले अभिनय रहेको छ। सम्पादनको जिम्मा भने मनोज कार्कीको रहेको छ।यस्तै गीतलाई मौसम हिमालीले निर्देशन गरेका हुन् भने अजय रेग्मीले भिडियो खिचेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।