|

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन सांसदहरुलाई आग्रह गरेकी छन्। सोमबार सिंहदरबारमा सांसदहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले सो आग्रह गरेकी हुन्।

मन्त्री साहले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने खालको रणनीतिक योजना सरकारले तय गर्न लागेकाले पनि त्यस सम्बन्धमा सांसदहरुले दिएको सुझाव महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन्।

उनले भूबनावट अनुसारको योजना तय गरी आयात हुने कृषि उपजहरुलाई प्रतिस्थापन गरी निर्यात व्यापारलाई बढावा दिने काममा सांसदहरुले दिएको सुझाव फलदायी हुने पनि बताइन्।

मन्त्री साहले छुर्पी, खुवा, अलैँची, कफीहरुको उत्पादन बढाएर निर्यात गर्नका लागि पनि सरकारलाई सुझाव पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरिन्।

उनले भनिन्, ‘मलाई लाग्यो कि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समावेश गर्नेगरी माननीयज्युहरुसँग सुझाव लिँदा राम्रो हुन्छ। हुन त मधेसमा आज होली पनि हो। होलीलाई मैले प्राथमिकता नदिएर मेन तपाईहरुलाई आज प्राथमिकताका साथ यो कार्यक्रम राखियो। यो अन्तरक्रिया कार्यक्रममा सबै माननीयज्युहरु आइदिनुभएकोमा विशेष गरी म मन्त्रालयको तर्फबाट एउटा मन्त्री भएको हिसावबाट सबैलाई म धन्यवाद दिन चाहन्छु।'

मन्त्री साहले सिंचाईका असुविधाहरु भएको ठाउँमा देखिएको समस्या हल गर्ने कुरामा पनि सांसदहरुले दिएको सुझाव सरकारका लागि धेरै उपयोग हुने स्पष्ट पारिन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.