|

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मन्त्री साहले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी रहेको बताइन्। उनले सुन्तलालाई चाँडै नै मन्त्रिपरिषद्बाट पारित गर्न लागेको बताइन्।

०८१-०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचयपत्र वितरण गर्ने बताएकी छन्। सोमबार मन्त्रालयमा आायोजित आगामी आर्थिक वर्षको कृषिसम्बन्धी बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा उनले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘सुन्तलाको हिसावले पनि म केही दिनमा मन्त्रिपरिषद्बाट पास गर्ने प्रक्रियामा पनि लागेको छु।  किनकि नेपालमा सुन्तला मिठो फलको रुपमा पनि छ। त्यो फल खान पनि सजिलो छ। गाडीमा बस्दाखेरी पनि अब ५-६ जना बसे पनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कुहरु परेन। त्यो हिसावले राष्ट्रिय फलफूलको हिसावले लैजाने म आफ्नो ठाउँबाट प्रयत्न गर्दै छु। त्यो तुरुन्तै क्याबिनेटमा पास हुने जानकारी गराउन चाहन्छु।’

उनले किसानहरुको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको बताइन्। उनले मन्त्रालय किसानहरुलाई पहिचान गरी किसान परिचयपत्र दिनेगरी लागिपरेको बताइन्।

उनले सबैजना एकाकार भएर फौजी तरिकाले काम गर्ने हो भने किसानको समस्या समाधान गर्न सकिने बताइन्।

उनले भनिन्, ‘हामी किसानहरुको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा हामी दिनरात मेहनत गरिरहेका छौँ। हुनत म मन्त्रालय सम्हालेको २० दिन जति भयो। किसानहरुलाई पहिचानका लागि किसान परिचय पत्र दिनेगरी लागेका छौँ। कम्तीमा हामी यो ०८० चलिरहेको छ, ०८१÷०८२ भित्रमा किसानहरुलाई पहिचान गर्नेगरी परिचय पत्र पनि दिइसक्नुपर्छ।'

मन्त्री ज्वालाले २ लाख हेक्टर बाँझो जग्गालाई प्रयोगमा ल्याउनसके कृषि उत्पादनमा वृद्धि ल्याउन सकिने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.