|

काठमाडौँ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले आफूलाई प्राप्त जिम्मेवारी सदैव उच्च दक्षता एवं व्यावसायिकरुपमा सम्पन्न गर्नुका साथै विषम परिस्थितिमा जनताको भरोसाको केन्द्रकारुपमा  काम गर्दै आएको बताएका छन्।

जंगी अड्डाको आज निरीक्षण भ्रमणका क्रममा उनले विपद्‍को समयमा जनताको सुरक्षाका लागि नेपाली सेनाले देखाएको व्यवसायिक क्षमता प्रदर्शन, वन्यजन्तु तथा पर्यावरण संरक्षणप्रतिको योगदान एवं राष्ट्रिय एकतामा गरेका कार्य उल्लेखनीय रहेको बताए। 

उनले मजबुत राष्ट्रिय सुरक्षा प्रणाली, आधुनिक एवम् बलियो सेना, सबल अर्थतन्त्र, चुस्त कूटनीतिले नै अन्तरराष्ट्रिय मञ्चमा राष्ट्रको सामर्थ्य मापन हुने बताए। 

उनले नेपाली सेनाको समयानुकूल आधुनिकीकरण र सबलीकरणबारे नेपाल सरकार गम्भीर रहेको पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.