|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएलमा) रोयल च्यालेन्जर्स बेंगलोर (आरसिबी) ले पहिलो जित निकालेको  छ।  घरेलु मैदानमा भएको खेलमा पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो।

पञ्जाबले दिएको १७७ रनको लक्ष्य आरसिबिले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर भेट्टायो। आरसिबिका लागि विराट कोहलीले ५९ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ७७ रन बनाए।

दिनेश कार्तिकले २८ रनको विष्फोटक अविजित इनिङ खेले। दुई ओभरमा २३ रन चाहिएको अवस्थामा हर्शल पटेलको १९औं ओभरमा कार्तिकले एक चौका र एक छक्का सहित १३ रन निकालेका थिए।

महिपाल लोम्रोर १७ रन बनाएर नटआउट रहे। रजत पतिदरले १८ बलमा १८ रन नै बनाउन सके।

पञ्जाबका लागि कागिसो रबाडा र हरपृत ब्रारले समान २–२ विकेट लिए।

त्यसपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो। पञ्जाबका लागि कप्तान शिखर धवनले सर्वाधिक ४५ रन बनाए। यस्तै जितेश शर्माले २७, प्रभसिम्रन सिंहले २५ तथा श्याम करनले २३ रन बनाए। 

आरसिबिका लागि मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले समान २–२ विकेट लिए। 

आइपीएलमा आज चेन्नाई सुपरर्किंस र गुजरात टाइटन्स भिड्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.