|

काठमाडौं : प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुलको उपाधिको  होडमा गम्भीर धक्का लगाएको छ।  गएराति भएको आफ्नो ३४औं खेलमा लिभरपुल उसको घरेलु मैदान गुडिसन पार्कमामा २–० ले पराजित भयो।

लिभरपुललाई प्रशिक्षकको रूपमा योर्गेन क्लोपको अन्तिम डर्बीमा जितको खाँचो थियो र शीर्ष स्थानको आर्सनलसँग अंक बराबरी गर्ने अवसर पनि। तर, त्यसबाट लिभरपुल चुक्यो। 

एभर्टनको जीत २०१० पछि मर्सिसाइड डर्बीमा पहिलो घरेलु जीत हो। ​एभर्टनको जितमा जाराड ब्रान्थवेट र डोमिनिक काल्भर्ट लेविनले गोल गरे। 

लिभरपुलले पछिल्ला ९ खेलमा ४ मात्र जित हात परेको छ।  ३४ खेल खेलेको लिभरपुलको ७४ अंक छ। समान खेल खेलेको आर्सनल ७७ अंक सहित शीर्षमा छ। ३२ खेल खेलेको साविक विजेता म्यानचेस्टर सिटी ७३ अंकका साथ तेस्रो स्थानमा कायम छ। 

गएाराति नै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ४–२ गोलले हराउँदा क्रिष्टल प्यालेसले न्युक्यासललाई २–० ले पराजित गर्यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.