|

काठमाडौं : मानव अधिकार तथा शान्ति समाजले पत्रकारको सुरक्षामा ध्यान दिनुपर्ने भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएको छ। ३१औँ प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार समाजले संवाद कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा अधिकांश वक्ताहरुले पत्रकारले भयरहित वातावरणमा काम गर्न पाउनुपर्ने विषयमा जोड दिए। ‘सर्वसाधारणको सूचनाको हकलाई स्थापित गरिदिने काम पत्रकारले गर्छन्। त्यसरी सर्वसाधारणका लागि खट्ने पत्रकार नै असुरक्षित रहनु स्वतन्त्रताका लागि ठूलो खतरा हो। आज विश्वभर पत्रकार असुरक्षित छन् हमास र इजरायलको युद्ध सुरु भएयता मध्यपूर्वमै ५४ जना पत्रकार मारिएका छन्,’ मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष रामकृष्ण बरालले भने, ‘पत्रकार सुरक्षित भए मात्रै जनताको सूचनाको हक सुनिश्चित हुन्छ। अन्यथा जनताका मुद्दा पछाडि पर्छन्।’

शान्ति समाजले शुक्रबार बिहान जोरपाटी चोकमा र्‍याली  तथा कोणसभा गरेको थियो।  कार्यक्रममा राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, शान्ति समाजका पूर्व सभापति हेमकान्त चौलागाई, शान्ति समाजका सल्लाहकार गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेललगायतले आ–आफ्ना धारण राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.