|

काठमाडौँ : बागमती प्रदेश सरकारले अनलाइनमार्फत पटके (अस्थायी) बाटो इजाजतपत्र भुक्तानी प्रणाली शुरु गरेको छ।

मंगलवार भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा एक कार्यक्रमबीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले उक्त भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन्। त्यस अवसरमा उनले सेवाग्राहीलाई सुविधा दिन र राजस्व संकलनमा समेत तलमाथि नहोस् भन्ने उद्देश्यका साथ सो सेवा शुरुवात गरिएको बताए।

मन्त्री लम्सालले सो सेवा शुरुवात गरेर मन्त्रालयले महत्त्वपूर्ण काम गरेको उल्लेख गर्दै अरू धेरै सुधारका काम गर्न बाँकी रहेको बताए।

उनले भने,‘यो अनलाइन सिस्टम गर्नेबित्तिकै हामी कार्यालय जानै परेन। विभिन्न छलफलपछि हामी अनलाइनमा जाने निधोमा पुग्यौं। आज हामीले शुरु गरिसक्यौँ।’

कार्यक्रममा बोल्दै भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अनलाइन सेवाले सुशासनको क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.