|

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूभन्दा माथिका नेताहरुलाई अपमान गर्नेगरी स्ट्याटस नलेख्न निर्देशन दिनुका साथै त्यस्ता तथानाम स्ट्याटस लेखेमा कारबाही गरिने चेतावनी दिएका छन्।

मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशनसँगै चेतावनी दिएका हुन्। 

उनले पार्टीका नेता/कार्यकर्ताले आफूभन्दा माथिका नेतालाई लक्षित गरी तथानाम स्ट्याटस लेखेको भन्दै गलत स्ट्याटसहरु कारबाहीको दायरामा आउने चेतावनी दिए। 

उनले जथाभावी रुपमा पार्टीका आन्तरिक कुराहरु र नेताहरुलाई विपक्ष बनाएर स्ट्याटस नेलख्न सचेत पनि गराए। 

‘मैले कतिपय साथीका स्ट्याटस हेरेको छु। नेताहरुका स्ट्याटस हेरेको छु। आफूभन्दा माथिका नेताहरुलाई तथानाम बोलेका स्ट्याटस कारबाहीको विषय बन्नेछ। म सचेत पनि गराउन चाहन्छु‚’ उनले भने।

उनले कुनै विमति भए पार्टीभित्रै कमिटीमा छलफल गर्न सकिने बताए। उनले आफूले लेखेको स्ट्याटसको जिम्मेवारी लिनसक्ने गरीमात्र स्ट्याटस लेख्न आग्रह गरे।

‘यहाँ कमिटीमा छलफल गर्नुस्‚ बाहिर किन स्ट्याटस लेख्नुहुन्छ? पार्टीभित्रका आन्तरिक कुराहरुमा कसैलाई पक्ष, विपक्ष गरेर स्ट्याटस नलेख्नुस्‚’ उनले भने‚ ‘आफ्नो स्ट्याटसको जवाफ मैले दिनुपर्दैन? म अध्यक्ष हुँ ठोकिदिएँ भनेर हुन्छ, हुँदैन। म पनि जिम्मेवार भएर लेख्नुपर्छ। मैले भनेका कुरा मैले जिम्मेवारी लिनुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.