|
फाइल तस्वीर

काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन आज (शुक्रवार) अंग्रेजी विषयको परीक्षा भएको छ।

पहिलो दिन मधेशका ८ वटै जिल्लामा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको छ। परीक्षा केन्द्रहरुमा परीक्षार्थी र गार्ड शिक्षकलाई समेत मोबाइल बोक्न प्रतिबन्ध लगाइएको थियो भने सुरक्षा व्यवस्था दुरुस्त बनाउन सुरक्षाकर्मीहरु केन्द्रबाहिर राखिएका थिए। 

यस वर्ष मधेश प्रदेशबाट ८१ हजार ७६८ परीक्षार्थी एसईई परीक्षामा सहभागी भएका छन्। 

धनुषाबाट १२ हजार २१४ परीक्षार्थी, सिराहाबाट १० हजार ९२३ जना, महोत्तरीबाट ९ हजार ४३१ जना, सर्लाहीबाट १० हजार ८९६ जना, रौतहटबाट ९ हजार ४६९ जना, बाराबाट ९ हजार ४४४ जना, पर्साबाट १० हजार ६८ जना र सप्तरीबाट ९ हजार ३२३ जना परीक्षार्थी सहभागी भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.